site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दर्शकलाई मुक्का हान्ने धनबहादुर भट्ट ६ महिना प्रतिबन्धित
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा दर्शकमाथि हातपात गर्ने त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट ६ महिनाको प्रतिबन्धमा परेका छन् ।

यही असार २५ गते गण्डकी प्रदेशविरुद्धको खेलका क्रममा दर्शकमाथि हातपात गरेका कारण नेपाल भलिबल संघले भट्टलाई ६ महिना खेलमा प्रतिबन्ध लगाएको हो ।

Dabur Nepal
NIC Asia

यस्तै, संघले नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका आर्मीका हरिहजुर थापालाई उक्त जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

त्यस दिन हातपातमा उत्रिएका राजेन्द्र बिष्ट र धनपति कुँवरलाई समान तीन महिना खेलमा प्रतिबन्ध लगाउने निर्णय पनि गरिएको छ ।

“खेल अनुशासनविपरीत काम गरेका कारण धनबहादुर भट्टलाई ६ महिना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी कायम गरेका छौँ । यस्तै, नेपाली टिमका कप्तान समेत रहेका आर्मीका हरिहजुरलाई जिम्मेवारीबाट हटाउने र राजेन्द्र बिष्ट र धनपति कुँवरलाई समान तीन महिना प्रतिबन्ध गर्ने निर्णय भएको छ । र, आर्मीकै हरि अधिकारी र दुर्गा खड्कालाई यस्तो कार्य नदोहो¥याउन चेतावनी दिइएको छ,” नेपाल भलिबल संघका महासचिव एवं प्रवक्ता रोशन श्रेष्ठले बाह्रखरीसित भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro