site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्रपतिले गरे बजेट प्रमाणीकरण 
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बजेट प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि बजेटसँग सम्बिन्धत तीन विधेयक राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसद्बाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएका देहायका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले बजेटसँग सम्बन्धित विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्