site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
मन्त्रीको प्रतिक्रियाले ‘काँडेतार’ टिम उत्साही 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले चलचित्र ‘काँडेतार’लाई उत्कृष्ट सिनेमाको प्रतिक्रिया दिएका छन् । शनिबार भएको च्यारिटी शोमा मन्त्री किराती र मोदीले नेपाल र नेपालीको स्वभिमानलाई उजागर गर्ने चलचित्र भएको बताएका छन् । 

सरल तथा सहज दृश्य–प्रस्तुति र प्रविधिको उच्चतम प्रयोग भएका कारण नेपालीले हेर्नैपर्ने चलचित्र भएको उनीहरूको प्रतिक्रिया छ । 

“समाजका विभिन्न क्षेत्रका अभियन्ता, विज्ञ, विद्वान, बौद्धिक समुदाय तथा युवाबाट चलचित्र हेरेर उहाँहरूले सकारात्मक प्रतिक्रिया तथा हौसला दिनु भएकोमा हाम्रो सोच र मेहनतले मूर्तरुप पाएको महसुस गरेका छौँ,” चलचित्र काँडेतारका कलाकार, लेखक तथा निर्देशकसमेत रहेका नवल खड्काले भने, “चलचित्र प्रदर्शनमा सहभागी हुने हरकोही दर्शकबाट पाएको स्यावासी र प्रशंशाबाट थप ऊर्जा मिलेको छ ।” 

चलचित्र ‘काँडेतार’ फागुन २५ गते रिलिज हुँदै छ । 
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro