site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाढीले सीमास्तम्भ बगायो
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमास्तम्भ बाढीले बगाएको छ ।

निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०÷१५ नम्बरको सीमास्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमास्तम्भ बगाएको भन्दै स्तम्भ खोजीकार्य भइरहेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

असार २६ गतेदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा पर्नुका साथै सयौँ घरपरिवार विस्थापित भएका छन् । अविरल वर्षाका कारण दमक–४, ताराबारीस्थित मावाखोलामा बाढी आई खोला किनारमा रहेको खाली ऐलानी जग्गा कटान गरेको वडा कार्यालयले जनाएको छ । बाढीले करिब ५० मिटर लम्बाइ र पाँच मिटर चौडाइ कटान गरेको छ । अस्थायी प्रहरी पोस्ट ताराबारीबाट खटिएको प्रहरी टोली र दमक–४ वडा कार्यालयको पहलमा कटान रोकथाम गरिएको छ ।

जिल्लाको बाह्रदशी–२ स्थित अदुवाखोलामा पानीको बहाव बढ्दा सुकुम्वासी बस्तीका ४५ घरपरिवार विस्थापित भएका छन् ।

Global Ime bank

गौरादह नगरपालिका–५, चप्रामशी डुब्बाटोलस्थित चन्दुखोला र रतुवाखोलाको बाँध पानीले कटान गर्दा २६ घरपरिवार विस्थापित भएकामा हाल अवस्था सामान्य बन्दै गएपछि विस्थापित घर फर्किका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement