site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
६ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले ६ देशको लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत सिफारिस गरेको हो । 

राजदूतको लागि सिफारिसमा परेका सबै परराष्ट्र मन्त्रालयका सहसचिव (करिअर डिप्लोम्याट) रहेका छन् । 

Argakhachi Cement Island Ad

एकमन्त्रीका अनुसार अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, युनाइटेड अरब इमिरेट्सको लागि तेजबहादुर क्षेत्री, कुवेतको लागि घनश्याम लल्साल, थाइल्यान्डको लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधिर भट्टराई र जेनेभास्थित स्थायी नियोगको लागि रामप्रसाद सुवेदीको नाम राजदूतमा सिफारिस गरिएको छ ।

राजदूत खाली रहेको क्यानडास्थित नेपाली दूतावासको लागि भने अझै नाम सिफारिस गरिएको छैन ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्