site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
आदिकविको २१०औँ जन्मजयन्तीमा पूर्णकदको सालिकमा माल्यार्पण
तनहुँको भानु नगरपालिका–४ स्थित आदिकवि भानुभक्त आचार्य जन्मस्थल विकास समितिको प्रांगणमा स्थापित भानुभक्त आचार्यको पूर्णकदको सालिक । भानुभक्त जन्मिएको स्थान यहाँबाट तीन किलोमिटर पश्चिमतर्फ पर्छ । तस्बिर : पूर्ण विके/रासस ।

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश र विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

सो अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको सालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ । कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पनि फूलमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Dabur Nepal
NIC Asia

सो अवसरमा व्राह्मण बटुकहरूले स्वस्तिवाचनसहित वैदिक मन्त्रोच्चारण गरी आदिकवि आचार्यप्रति श्रद्धाभाव व्यक्त गरेका थिए ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई आदिकवि आचार्यले भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेका थिए । रामायण अहिले पनि कतिपय नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गर्ने गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro