site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तान ‘ए’सँग खेल्दै नेपाल

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज (शुक्रबार) नेपाली राष्ट्रिय क्रिकेट टिमले पाकिस्तान ‘ए’को सामना गर्दै छ । श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब मैदानमा दुवै टिम प्रतियोगिताको आफ्नो पहिलो खेलका लागि मैदानमा उत्रिन लागेका हुन् ।

नेपाली टिम रोहितकुमार पौडेलको कप्तानीमा मैदानमा उत्रिँदै छ । पाकिस्तानको कप्तानी मोहम्मद ह्यारिसले गर्दै छन् । ह्यारिसले पाकिस्तानको राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् ।

यस्तै, पाकिस्तानको टिममा मोहम्मद वासिम जुनियर र साहनवाज दाहानीजस्ता राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी छन् ।

खेल नेपाली समयानुसार बिहान १०ः१५ बजे सुरु हुनेछ । नेपालले साउन १ गते भारत ‘ए’सँग दोस्रो खेल खेल्नेछ । नेपाली टिमले साउत ३ गते समूह चरणको अन्तिम खेलमा यूएई ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुनेछ ।

प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro