देश
काठमाडौं । ललितपुर महानगरपालिकाले झन्डै चार दशकदेखि बिग्रिएर थन्किएको दमकल सञ्चालनमा ल्याएको छ । महानगरले आज एक कार्यक्रमको आयोजना गरेर मर्मतपछि दमकल सञ्चालनमा आएको जनाएको हो ।
आज सञ्चालनमा आएको दमकल २०४२ सालदेखि बिग्रिएर थन्किएको थियो । दमकलका लागि चाहिने आवश्यक सामान अमेरिकाबाट ल्याएर मर्मत गरिएको हो ।
अब दमकललाई नियमित रूपमा सञ्जालनमा ल्याइने महानगरले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० २२:५४
प्रतिक्रिया दिनुहोस्