site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सावित्राको गोलमा बंगलादेशविरुद्ध हारबाट जोगियो नेपाल
फाइल तस्बिर ।

काठमाडौं । सावित्रा भण्डारीले इन्जुरी समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टिमले सम्भावित हार टारेको छ ।

बिहीबार बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा सम्पन्न खेलमा बंगलादेशकी कप्तान सविना खातुनले ६८औँ मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।

तर, इन्जुरी समयमा सावित्राले गोल गर्दैै नेपाललाई खेलमा फर्काउँदै हारबाट जोगाएकी थिइन् । ६ यार्ड बक्सभित्र बंगलादेशी रक्षकले क्लियर गर्न नसकेको बलमा सावित्राले गोल गरेकी थिइन् ।

बराबरीका बावजुद नेपाली महिला टिमको जितविहीन यात्रा ६ खेलसम्म लम्बिएको छ । नेपाली टिम गत भदौमा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनल खेलदेखि जितविहीन छ । उक्त फाइनलमा पनि नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । त्यसयता नेपालले दुई खेलमा हार बेहोर्दा तीन खेलमा बराबरीको नतिजा निकालेको छ ।

मैत्रीपूर्ण फुटबलका लागि हाल बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टिमले त्यहाँ घरेलु टिमसँग दुई खेल खेल्नेछ । नेपालले चीनमा हुने १९औँ एसियन गेम्सको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यी दुई टिमबीचको दोस्रो खेल आइतबार हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro