site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गमका गर्भवतीको हवाई उद्धार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य
फाइल तस्बिर ।

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारका लागि बजेट अभाव नरहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

आउँदो आर्थिक वर्षमा सो कार्यक्रमको प्रभावकारिता हेरेर परिमार्जन गरिने र निरन्तरता दिइने उनले उल्लेख गरे । उनले मन्त्रालयले हालसम्म ५३६ जनाको हवाई उद्धार गरिसकेको जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“हालसम्म ५३६ जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरी महिलाहरूको जीवनरक्षामा सहयोग गरिएको अवस्था छ । आगामी आर्थिक वर्षमा कार्यक्रमको प्रभावकारिता अध्ययन गरी उक्त परियोजनालाई थप परिमार्जन गरी निरन्तरता दिने कार्यक्रम रहेको छ । यस कार्यक्रममा बजेटको कमी नरहेको जानकारी गराउन चाहन्छु,” उनले भने, “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमुना मन्त्रालयको रूपमा विकास गर्ने कार्य अगाडि बढिरहेको छ । संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यलाई प्रभावकारी गराउनको लागि अन्तरतह समन्वय कार्यक्रम सञ्चालन गर्ने र मन्त्रालयबाट सञ्चालित कार्यक्रम र प्रवाह गरिएको ससर्त अनुदानको प्रभावकारिता सम्बन्धमा अनुगमन गर्न अन्तरमन्त्रालय एकीकृत अनुगमनको कार्यक्रम रहेको छ ।”

मन्त्रालयले दिएको ससर्त अनुदानको प्रभावकारिताको अनुगमन गरिने समेत उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro