site stats
बाह्रखरी :: Baahrakhari
देश
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

गुल्मी । गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१, नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो । रासस

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्