site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ठगी गरेको आरोपमा सातजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरले ठगी गरेको आरोपमा सातजनालाई पक्राउ गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै उपहार, हुण्डी, तथा विदेशी विनिमय अन्तर्गतका कारोबारमा ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

विभिन्न प्रलोभन देखाई समाजिक सञ्जालमा विदेशबाट उपहार आएको छ, भन्दै एयरपोटमा कर तिर्नपर्ने भएकोले रकम पठाउन लगाइ ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–२० का हेमराज साह, सप्तरीको विष्णुपुर गाउँपालिका–२ का नीरजकुमार साह, झापाको झापा गाउँपालिका–१ का बरजहान सेखलार्य पक्राउ परेका हुन् ।

Global Ime bank

त्यसैगरी गुल्मीको इस्मा गाउँपालिका–५ का ध्रुब थापा, बाराको कलैया उपमहानगरपालिका–२० का फुल मोहमद मियाँ धुनिया, सप्तरीको राजविराज नगरपालिका–१ का डम्बर साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक रविन कार्कीले घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गरी ठगी गर्ने गिरोहहरू पक्राउ गर्न सफल भएको बताए ।

पछिल्लो समय समाजिक सञ्जाल तथा मोबाइल कल गरेर चिठ्ठा पर्याे भनेर ठगी गर्ने गिरोह सक्रिय भइरहेको बेला उदयपुर प्रहरीले सातजनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।

पक्राउ परेका सातै जनालाई जिल्ला अदालतबाट संगठित अपराधसम्बन्धी कसुर, मुलुकी अपराध संहिता २०७४ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय