site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
झिनो अंकले घट्दै, उच्च अंकले बढ्दै नेप्से

काठमाडौं । पछिल्ला पाँच कारोबार दिनलाई हेर्दा सेयर बजार झिनो अंकले घट्दै उच्च अंकले वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक २५.३१ अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.२२ प्रतिशत वृद्धि भएर २०९७.५५ विन्दुमा बन्द भएको छ ।

पाँच कारोबार दिनमा नेप्से गत साताको अन्तिम कारोबार दिन बिहीबार ०.०६ अंकले घटेको थियो भने आइतबार नेप्से २८ अंकले बढेको थियो । त्यपछिका दुई कारोबार दिन सोमबार र मंगलबार नेप्से क्रमशः ०.८० अंक र ४.७३ अंक घटेर करोबार भएको थियो ।

मंगलबारको तुलनामा आज कारोबार रकम पनि वृद्धि भएको छ । आज तीन अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार भने दुई अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २८९ धितोपत्रको ८५ लाख चार हजार ३७८ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये फाइनान्स र होटेल तथा पर्यटन समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । होटेल समूहको परिसूचक ०.८७ प्रतिशत र फाइनान्स समूहको परिसूचक १.९५ प्रतिशतले घटेको छ ।

सर्वाधिक परिसूचक वृद्धि हुनेमा हाइड्रोपावर समूह रहेको छ । यस समूहको परिसूचक ४.४१ प्रतिशतले वृद्धि भएको छ । शिवश्री हाइड्रोपावर, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ९३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro