site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
थप गृहकार्य आवश्यक रहेको भन्दै कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । एक वर्षपछि आजबाट सुरु हुने भनिएको बैठक अन्तिम समयमा आएर सारिएको हो ।

पार्टीका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पौडेलले अब बैठक साउन २ गते बस्ने जानकारी दिएका छन् ।

Dabur Nepal
NIC Asia

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले बैठकका विषयमा थप गृहकार्य आवश्यक भएकाले बैठक सारिएको जानकारी दिए । 

“सधैँ सभापति र महामन्त्री बसेर एजेन्डा सेट हुन्थ्यो । यसपटक उपसभापति र सहमहामन्त्री पनि बसेर छलफल भए र २ दिन अरू सार्ने कुरा भयो,” शर्माले बाह्रखरीसँग भने, “२९ र ३० संसद् हुन सक्छ । साउन मसान्त पनि भएन त्यसकारण २ गते पुर्‍याइएको हो ।”

शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको निधनका कारण भने बैठक नसारिएको बताए ।

“मलामी जाने र श्रद्धाञ्जली दिएपछि बैठकमा जान सकिन्थ्यो । बैठक चाहिँ थप तयारी गर्नका लागिनै सारिएको हो,” शर्माले भने ।

कांग्रेसले गएको वर्ष साउन २७ गते केन्द्रीय समिति बैठक राखेको थियो । त्यसपछि पटकपटक बैठक बोलाउँदै बैठक सार्ने गरिएको थियो ।

विधान सम्मत कांग्रेसको केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा बस्नुपर्ने हुन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro