राजनीति
काठमाडौं । जनमत पार्टीले अनिता साहलाई सरकारमा पठाउने भएको छ । आज बसेकाे पार्टीको बैठकले मन्त्रीका लागि साहको नाम सिफारिस गरेकाे प्रवक्ता हरेन्द्र चाैधरीले जानकारी दिए ।
"सरकारमा सहभागी हुने निर्णय गर्यौँ । मन्त्रीकाे नाम सिफारिस गरिएकाे छ । मन्त्रालय टुंगाे लाग्न बाँकी छ," उनले भने ।
जनमतले सहरी विकास वा संघीय मामिला मन्त्रालय मागेकाे छ ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० २१:५८
प्रतिक्रिया दिनुहोस्