site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआईसी एसिया बैंकले गर्‍यो दुर्घटना बिमावापत ५० लाख हस्तान्तरण

काठमाडौं । एनआईसी एसिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँचजना ग्राहकका परिवारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैंकले प्रतिव्यक्ति १० लाखका दरले खातामा उपलब्ध बिमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरेको हो ।

Argakhachi Cement Island Ad

चितवनस्थित बसेनी शाखामा खाता खोल्नेका मृतक देवेन्द्रप्रसाद बछाडको भाइ राजनप्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुको बुबा दुल्लुराम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमादेवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोलेका मृतक कृष्णप्रसाद भण्डारीकी श्रीमती टंकीदेवी भण्डारीले दुर्घटना बिमावापतको रकम प्राप्त गरेका छन् ।

यस बैंकको बिमासहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म तीन हजार ११६ जना ग्राहकलाई नौ करोड ४० लाख रुपैयाँभन्दा बढी बिमा दाबी रकम हस्तान्तरण गरेको जानकारी दिइएको छ ।

एनआईसी एसिया बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ४७३ एटीएम, ११० वटा विस्तारित काउन्टर तथा ६५ वटा शाखारहित शाखा सञ्जालमार्फत सेवा दिँदै आएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्