site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन गुरु योजना बनाउँदै सरकार

काठमाडौं । सरकारले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन गुरु योजना बनाइरहेको छ । सहरी विकासमन्त्री सीता गुरुङले सरकारले बनाउने गुरु योजनाले सहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन सकिने बताइन् । 

उनका अनुसार काठमाडौं उपत्यकाबाट बग्ने वाग्मती नदी र त्यसका सहायक नदीहरूको सरसफाइ र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्विक सांस्कृतिक वस्तुहरूलाई संरक्षण गरी पर्यटन विकास गर्ने गरी सरकार लागि रहेको छ ।

उनले काठमाडौं उपत्यकालाई स्वच्छ र सफा सहर बनाउने कामको थालनी भएको पनि बताइन् । सहर व्यवस्थित बनाउन सरकारले अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउनुपर्ने उनको भनाइ छ । तर, सरकारलाई अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन धेरै गाह्रो भएको उनले बताइन् । 

उनले खोला किनारका अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन स्थानीय सरकार, जिल्ला समन्वय र सांसदहरूको सहयोग आवश्यक पर्ने बताइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro