काठमाडौं । टीभीएस मोटर कम्पनीले आपोलो आल्फा एच१ टायर्स सुसज्जित टीभीएस आपचे आरआर ३१० मोटरसाइकलमार्फत नयाँ भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको कीर्तिमान कायम गरेको छ ।
२४ घण्टे स्पिड इन्ड्योरेन्स चुनौतीको भागका रूपमा कम्पनीले एनए ट्रयाक्स (एसियाकै सबैभन्दा लामो हाई स्पिड ट्रयाक–एफएमएससीआईद्वारा प्रमाणित), इन्दौरमा ३,६५७.९२ केएमएसको यो कीर्तिमान कायम गरेको हो ।
टीभीएस रेसिङद्वारा अद्वतीय ट्रयाक वेपनकारपमा निर्माण गरिएको टीभीएस आपाचे आरआर ३१०, यसको असाधारण शक्ति र एजिलिटीका लागि प्रख्यात छ । १७३ किलोमिटर प्रतिघण्टाको अधिकतम गति र १५२ किमि प्रतिघण्टाको औसत गतिका साथ टीभीएस आपाचे आरआर ३१० ले रेसट्रयाकमा आफ्नो प्रभुत्व प्रमाणित गर्दै आफ्नो विश्वसनीयता सुदृढ गरेको हो ।
जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरक हो । यो कम्पनीका देशभर १४० भन्दा बढी डिलरहरू छन् ।