site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको टिप्पणी : सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउने
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउन रहेको बताएका छन् । वाग्मती प्रदेश संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले सरकारले हल्ला फैलाउने काम मात्रै गरेको बताए ।

ओलीले अहिलेको सत्ता गठबन्धनमा उस्तै उस्तै दलहरु रहेकाले गठबन्धन कायम गर्न चाहिरहेको पनि बताए । “सरकारको तागत झुट बोल्ने, अफवाह फैलाउने देखियो,” ओलीले भने, “उस्तैउस्तै मिलेकाले, गठबन्धन भएकाले गठबन्धन कायम राख्न चाहन्छन् ।”

KFC Island Ad
NIC Asia

ओलीले एमालेको नीति प्रष्ट रहेको बताए । उनले एमालेको नजर सरकारतिर नरहेको बताए । भने, “हामी सरकारतिर हेर्दैनौँ । मिसन ०८४ मा जान्छौँ । हाम्रा नीतिहरु स्पष्ट छन् ।”

ओलीले अहिलेको सत्ता गठबन्धन एमालेविरुद्ध हल्ला फैलाउन लागिपरेको पनि बताए । उनले आफूहरुलाई बदनाम गराउने कदम चालिएको बताए । भने, “हल्ला गर्छन के के न भनेर । उहाँहरुलाई बदनाम गर्न मन लाग्छ । एमालेविरुद्ध हल्ला फैलाउन मन लाग्छ । हामी स्पष्ट हुनुपर्छ ।”

Royal Enfield Island Ad

उनले एमालेकै नेता कार्यकर्ता पार्टीको प्रचारमा नलागेको पनि बताए । “प्राय साथीहरु हाम्रा कामबारे भन्नुहुन्न । सरकारमा हुँदा यो गरियो भनेर कोही बोल्दैन । हामीले गरेको काम भन्नुपर्याे,” उनले भने ।

ओलीले पशुपतिको जलहरुको विषयमा पनि झुटा कुरा फैलाइएको बताए । सुनको जलहरीलाई पित्तलको चनिएको उनको भनाइ छ । “सुनको जलहरी होइन, पित्तल चढाए भनेर तामिल गरेर संसद्मा लगिन्छ । झुटा अफवाह फैलाएबापत लाज सरम छैन ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro