राजनीति
काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।
“समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन । भारतबाट एक÷दुई बोरा मल ल्याउने किसानको मल समातिएको छ । ट्रकका ट्रक पनि पास हुन्छ भन्छन् है, त्यो पक्रेको मलाई थाहा छैन,” उनले भने ।
कैलालीमा पानी नपर्दा किसानले रोपाइँ गर्न नपाएको भन्दै उनले सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० ११:५८
प्रतिक्रिया दिनुहोस्