site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनपछि हर्क पनि नेताहरूविरुद्ध आक्रामक, सांसदलाई भने– 'चोर फटाहा'

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि नेताहरूलक्षित तिखा टिप्पणी गर्न थालेका छन् । 

हर्कले विगतदेखि नै दल र नेताहरूविरुद्ध टिकाटिप्पणी गर्ने गरेको भए पनि भारतसँग जोडेर नेताहरूलक्षित प्रतिक्रिया जनाएका थिएनन् । अर्कोतिर बालेनले भने निरन्तर नेताहरूमाथि तिखा टिकाटिप्पणी गरिरहेका छन् ।

सोमबार भने हर्कले पनि सांसदहरूलाई 'चोर फटाहा'को संज्ञा दिएका छन् । 

"बरु जंगलमै कन्दमुल खोजेर खाइन्छ । तर, भारतीय दलाली गरेर खाइन्नँ । चोर फटाहाहरूलाई माननीय भन्नुपरेको छ," हर्कले भनेका छन् ।

उसो त बालेन र हर्कले एक अर्काका अभिव्यक्तिको समर्थन गर्दै आएका छन् । बालेनले सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने नेतालक्षित अभिव्यक्तिलाई हर्कले समर्थन गर्दै आएका छन् । 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro