काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् । आफ्नो अभिव्यक्तिका विषयमा सांसदले प्रश्न उठाएपछि उनी ‘स्पष्टीकरण’ दिन उपस्थित भएका हुन् ।
गएको सोमबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले दिएको अभिव्यक्तिका विषयमा सांसदले जवाफ मागेका थिए । त्यति बेला उनले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक भारत गएको उल्लेख गरेका थिए । सोही विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।
आज प्रधानमन्त्रीले त्यस विषयमा सम्बोधन गर्ने र संसद् सञ्चालनमा अवरोध नगर्ने शीर्ष नेताहरूबीच सहमति भएको थियो ।
प्रधानमन्त्रीको सम्बोधनअघि प्रतिनिधिसभाको आकस्मिक समयमा विभिन्न दलका नेताहरूले सो बारेमा बोलेका थिए ।
थप तस्बिर हेर्नोस्–