राजनीति
काठमाडौं । प्रधामनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीबाट तीन दिनसम्म संसद् अवरोध किन गरियो भन्ने बुझ्न नसकेको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले पुस्तक विमोचन कार्यक्रममा दिइएको अभिव्यक्तिबारे पहिले नै स्पष्टीकरण दिन पाउनुपर्ने माग राखेको बताए ।
तर, आफूलाई व्याख्या, विश्लेषण दिने अवसर नै नदिई राजीनामा मागिएको भन्दै उनले आपत्ति जनाए ।
“तीन दिनसम्म किन संसद् अवरोध गरियो, मैले बुझ्न सकेको छैन,” प्रधानमन्त्रीले भने ।
उनले प्रतिपक्षीले राजीनामा माग्दैमा राजीनामा दिनुपर्ने हो र भन्दै प्रश्न गरे । एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गरेको थियो ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १६:४४
प्रतिक्रिया दिनुहोस्