site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको प्रश्न– प्रतिपक्षले माग्न बित्तिकै राजीनामा दिनुपर्ने हो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिपक्ष दलले आफूलाई मौका पनि नदिई संसद् अवरुद्ध गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले आफूले स्पष्टीकरण दिन खोजेको तर प्रतिपक्षले मौका नै नदिएको गुनासो गरे ।

उनले प्रतिपक्षले माग्न बित्तिकै राजीनामा दिनुपर्ने विषयमा पनि प्रश्न गरे ।

"स्पष्टीकरणको मौका पनि नदिई पनि राजीनामा माग्ने । के यही हो ? के प्रतिपक्षले माग्न बित्तिकै राजीनामा दिनुपर्ने हो ?," प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्