site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चिनियाँ नेता सियाओ जी काठमाडौंमा

काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । 

उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । 

उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए । 

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदै छ । रासस
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्