site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले सदनमा स्पष्टीकरण दिने, अवरोध हटाउन एमाले सहमत
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसद्को अवरोध हटाउन प्रतिपक्षी नेकपा (एमाले) तयार भएको छ ।

आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओली सदन खुलाउन सहमत भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकपछि एमाले संसदीय दलको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्रीले दिएको जवाफको आधारमा सदन चल्न दिने÷नदिने निर्णय लिने विषयमा छलफल भएको एक सांसदले बताए ।

“प्रधानमन्त्रीले अभिव्यक्तिमा गल्ती भएको भन्दै सच्याउने बताउनु भएको छ । आजको स्पष्टीकरणपछि सदन चल्छ,” ती सांसदले भने ।

Global Ime bank

दिउँसो ३ बजे बैठकमा प्रधानमन्त्रीले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा बोलेको अभिव्यक्तिबारे स्पष्टीकरण दिने तयारी गरेका छन् । आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटकपटक दिल्ली गएको अभिव्यक्ति दिएपछि एमालेले उनको राजीनामा माग्दै सदन अवरोध गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement