राजनीति
काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन् ।
आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले संसद् चलाउने, समितिहरु चलाउने सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताए ।
पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसद्का बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गरे । उनले समितिको नेतृत्व चयन गर्न नसक्नु सरकारको कमजोरी भएको बताए ।
सांसद भट्टराईले संसदीय समितिले दिएका निर्देशनहरु सरकार र सरकारका निकायहरुले बिनाशर्त कार्यान्वयन गर्नुपर्ने बताए ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० १५:११
प्रतिक्रिया दिनुहोस्