site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुडानमा हवाई आक्रमण : २२ जनाको मृत्यु

काठमाडौं । सुडानको ओमदुरमान सहरमा भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा शनिबार आक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा अज्ञात संख्यामा मानिसहरू घाइते भएका छन् ।

हवाई हमला राजधानी र अन्य ठाउँमा सेना र ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको सहरी क्षेत्रमा भएका झडपहरूमध्ये सबैभन्दा घातक थियो । गत महिना खार्तुममा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको थियो ।

आरएसएफले ओमदुरमानको आवासीय क्षेत्रहरूमा आक्रमणको लागि सेनालाई दोष लगाएको छ । जहाँ युद्धरत गुटहरू बीचको लडाइँ छ । सेनाले कथित रूपमा महत्वपूर्ण आपूर्ति लाइन काट्ने प्रयास गरेको थियो ।

“सेना प्रमुख अब्देल फताहे अल–बुरहानको नेतृत्वमा अतिवादी आतंकवादी मिलिशियाद्वारा गरिएको जानाजानी हवाई आक्रमणको घोर निन्दा गर्दछ”, आरएसएफ समूहले एक विज्ञप्तिमा भनेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro