site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ठमेलमा सवारी साधन निषेध 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रुपमा चिनिएको ठमेलमा आज आतइबार (१२ बजेदेखि) सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । पछिल्लो समय ठमेलमा अव्यवस्थित यातायातको कारण पर्यटक तथा स्थानियबासीले अत्यधिक सास्ती वेहोर्न परेको थियो । सोही समस्यालाई निराकरण गर्दै ठमेल क्षेत्रको पर्यटनकोे विकास गर्न सरोकारवलाहरुले मूख्य समस्याको रुपमा रहेको सवारी साधनलाई निषेध गरेको हो । 

सम्बन्धित काठमाडौं महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष खिम तिवारीले आजदेखि सदाका लागि सवारी साधन निष्ोध गरिएको बताए । उनले केसरमार्ग (सञ्चय कोषको भवन हुँदै ठमेल जाने सवारी साधन नरसिंह चोकसम्म जान सक्ने बताए । त्यसपछि सिधै अघि बढ्न पाउने छैन । “नरसिंहचोकबाट दाँया तथा बाँया लाग्नु पर्नेछ,” उनले भने “दायाँ लागे ग्वल्खु पाखा र बायाँ लागे क्षेत्रपाटी भेटिन्छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

निषेधित क्षेत्रभित्र रहेका घरको घरधनीका सवारी साधन, पानी ट्याङ्कीको गाडी, एम्बुलेन्स, पर्यटन, सुरक्षा, ढल, दुध लगायतको अत्यावश्कय सवारी साधनलाई भने, पासको व्यवस्था गरि सञ्चानलको लागि अनुमति दिने तयारी भैरहेको छ । निषेधित क्षेत्रमा साइकल तथा रिक्सालाई सञ्चालन गर्न दिने÷नदिने सम्बन्धमा भने छलफल भैरहेको उनको भनाइ छ ।

त्यसो त अहिले ठमेल परिसरमा सञ्चालन भइरहेको सवारी साधनसमेत निश्चित मापदण्डका रहेका छन् । ती सवारी साधनहरु ट्याक्सी, हाइस, भ्यान, मोटरसाइक लागायतलाई पनि जथाभावी रोक्न नदिने, ठाउँ–ठाउँमा ट्राफिक संकेत राखिने भएको छ ।

Global Ime bank

सवारी आवागमनमा कडाई गरेसँगै ठमेल क्षेत्रका पर्यटन व्यवसायलाई मात्र नभइ आपराधिक घटनामासमेत कमी आउने सुरक्षा निकायको अनुमान छ ।

वडाअध्यक्ष तिवारीका अनुसार हाललाई सुरुवातको रुपमा ठमेलको प्रमुख स्थानमा मात्र सवारी साधनको निषेध गरिएको छ । तर, यो पर्याप्त नभएको भन्दै उनले भने, “ठमेलमा अझै पनि पार्किङ्गको ठूलो समस्या छ,” उनले थपे “दीर्घकालीन रुपमा पूर्ण ठमेल परिसरलाई नै सवारी साधन निषेध गर्ने योजना छ ।” त्यसको लागि एक डेढ वर्ष लाग्नेछ । हाल ठमेल परिसरमा पिच तथा ढलको विकास समेत द्रुत गतीमा भैरहेको बताइएको छ । अहिले १ किलोमिटरभन्दा बढी सडकमा पिच भइसकेको र बाँकी ५ सय मिटरमा गर्ने तयारी भैरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय