site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति
प्रतीकात्मक तस्बिर

मेलम्ची । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुगेको छ । 

गएरातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए । “फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन”, उनले भने ।  

Argakhachi Cement Island Ad

फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् । 

इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदै छ । रासस 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्