site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको अभिव्यक्तिले सबैलाई अप्ठ्यारो महसुस भएको छ : गगन थापा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद् अवरुद्ध भएकोबारे प्रधानमन्त्रीले संसद्‍मा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताएका छन् । 

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको अभिव्यक्तिले सबैलाई अप्ठ्यारो महसुस गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रचण्डले पुस्तक विमोचनका क्रममा बोलेको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको पनि बताए । उनले प्रधानमन्त्री स्वयंले यस विषयमा संसद्‍मा स्पष्टीकरण दिएपछि अन्योलता हट्ने विश्वास गरे ।

महामन्त्री थापाले आजको बैठकमा जिल्ला सभापतिहरूले आगामी केन्द्रीय समितिले सबै समस्यालाई हल गरेर लैजान सुझाव दिएको जानकारी दिए । 

Global Ime bank

बैठकमा जिल्ला सभापतिहरूले नेपाली कांग्रेसका नेतृत्वमा रहेका सबै तहका सरकारको प्रस्तुति र प्रगतिको समीक्षा गर्दै बढी भन्दा बढी काम गरेर परिणाम निकाल्ने गरी सरकार सञ्चालन गर्न आग्रह गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement