site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मल खरिद र वितरणमा सबै पक्ष गम्भीर हुनुपर्छ : विनोद चौधरी
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले किसानलाई वितरण गर्ने रासायनिक मलबारे ठोस कार्ययोजना बनाई लागु गर्ने कुराले समस्या परेको बारेमा समितिलाई जानकारी दिन आग्रह गरेको छ ।

ज्येष्ठताका आधारमा चौधरीले समितिको सभापतित्व गरेका थिए । उनले नेपाल सरकारले पेट्रोल, डिजेलमा जस्तो सरकार–सरकारबीच सम्झौता गरेर आपूर्ति गर्ने विषयमा, नेपालमा नै रासायनिक मल उत्पादन गर्ने, उद्योग स्थापना गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने बताए ।

किसानको विषय र नेपालको अर्थतन्त्रलाई असर गर्ने विषयमा प्रधानमन्त्रीसहित मातहतका निकाय कार्ययोजनासहित स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro