site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकी प्रदेशसभाको लोगो फेर्ने प्रस्ताव, सुनजडित पुरानो लोगो सांसदले लगे
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशको लोगो (प्रतीक चिन्ह) फेरिने भएको छ । नियमावली मस्यौदा समितिले प्रस्तावित नयाँ लोगोसहितको प्रतिवेदन प्रदेशसभामा पेस गरिसकेको छ । सम्भवतः २२ असारमा बस्ने प्रदेशसभा बैठकले नयाँ लोगोसहित प्रदेशसभा नियमावली २०८० पारित गर्नेछ ।

यसअघि, प्रदेशसभा नियमावली २०७४ बमोजिम कार्यव्यवस्था परामर्श समितिले २०७५ असोज १५ गते हाल चल्तीमा रहेको प्रदेशसभाको लोगो स्वीकृत गरेको थियो । त्यतिबेला लोगो र पोशाक निर्धारण गर्ने जिम्मा पाएको कार्यव्यवस्था परामर्श समितिले सोही वर्षको साउन २१ गते सार्वजनिक सूचनाबमोजिम लोगो बनाउनको लागि प्रस्ताव आह्वान गरेको थियो ।

प्रदेशसभा सचिवालयमा तत्कालीन समयमा कार्यरत विनीत रानामगरले डिजाइन गरेको लोगो १२ जना प्रतिस्पर्धीमध्येबाट छानिएको थियो । तर, प्रदेशसभा बैठकमा अहिले प्रदेशसभा नियमावली २०७४ को सट्टा प्रदेशसभा नियमावली २०८० को प्रस्ताव पेस भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभाले गत फागुन १० गते ११ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो । समितिको ज्येष्ठ सदस्यको हैसियतमा कांग्रेसका सांसद विन्दुकुमार थापाले नियमावली मस्यौदा समितिको तर्फबाट मस्यौदाको प्रतिवेदन प्रदेशसभामा पेस गरेका हुन् ।

यो समितिले पनि लोगोको लागि प्रदेशसभा सदस्य सुधीरकुमार पौडेलको संयोजकत्वमा छुट्टै उपसमिति बनाएको थियो । उक्त उपसमितिले डिजाइनसँग सम्बद्ध व्यक्ति तथा संस्था, पूर्वसांसदलगायतबाट राय लिएर नयाँ लोगोसहितको प्रतिवेदन मस्यौदा समितिलाई बुझायो । मस्यौदा समितिले सोही लोगोसहितको प्रतिवेदन प्रदेशसभामा पेस गरेको हो ।

Global Ime bank

प्रस्तावित लोगोको चौघेरा स्वर्ण रंगको छ । धानको बालादेखि दुई हात पनि सुनौलो रंगका नै छन् । लोगोभित्र निलो रंग प्रयोग गरिएको छ, जसको अर्थ आकाश हुने उपसमिति संयोजक पौडेलले बताए ।

लोगोमा अंकित हिमाललाई माछापुच्छ«ेको आकार दिन खोजिएको छ । हिमालमा पनि सुनौलो रंग नै दिइएको छ । नेपालको नक्साभित्र गण्डकी प्रदेशको भूगोललाई भने खरानी रंगमा राखिएको छ । नेपालको बाँकी भूगोल सुनौलो रंगमा नै छन् ।

खरानी रंगको पृष्ठभूमिमा सुनौला अक्षरले गण्डकी प्रदेशसभा लेखिएको छ । गण्डकी प्रदेशको भूगोलमाथि भने नेपालको झण्डा राखिएको छ ।

उपसमिति संयोजक पौडेलका अनुसार यस अगाडिको लोगो भद्दा, कुनै गैरसरकारी संस्था, सामाजिक संस्थाको जस्तो देखिएको हुँदा परिवर्तन गर्न लागिएको हो ।

“हेर्दा त राम्रो थियो, लोगो भनेपछि एउटा सिम्बोल त बनाउनुपथ्र्यो । तर, त्यहाँ गैँडा पनि छ, जरायो छ, डाँफे छ, हिमाल, पहाड, समथर भूभाग, नदी, नक्सा सबै छन् । सबैलाई समावेश गर्दा त्यति राम्रो देखिएन कि भन्ने कुरा हो,” उनले भने ।

सुनजडित लोगो सांसदहरुले नै लगे

प्रदेशसभा सदस्यहरुले अहिले प्लाष्टिकको लोगो प्रयोग गरिरहेका छन् । तत्कालीन समयमा यसको मूल्य १९५ रुपैयाँ थियो । सांसदहरुले प्रयोग गरेको एक वर्षमा नै प्लाष्टिकको लोगो धमिलियो भनेर सोही लोगोलाई सुनजडित बनाइयो । १९५ मूल्यको उक्त लोगोको लागत सुन जोड्नासाथ ६ हजार ५०० रुपैयाँ पुग्यो ।

अघिल्लो कार्यकालमा नै सुन जोडेर लोगो बनाएपछि सोही लोगो प्रयोगमा आयो । तर, प्रतिनिधिसभाले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग नेपालको नक्सामा समेट्ने निर्णय सर्वसम्मतले गरेपछि लोगोको आकृतिमा चुच्चे नक्सा छुट्ने भयो । चुच्चे नक्सा थपिएपछि भने पुनः प्लाष्टिकको लोगोमा नै चुच्चे नक्सा थपेर प्रयोगमा ल्याइयो । प्रदेशसभाको दोस्रो कार्यकालमा निर्वाचित प्रदेशसभा सदस्यहरुले पनि हालसम्म सोही लोगो प्रयोग गरिरहेका छन् ।

अघिल्लो कार्यकालका प्रदेशसभा सदस्यहरुले भने आफूले प्रयोग गरेको लोगो आफैले नै लिएर गए । तर, अब भने प्रदेशको लोगो नै नयाँ बनाउने प्रस्ताव प्रदेशसभामा गएको छ ।

प्रस्तावित नियमावली २०८० को अनूसूची ८ मा प्रतीक चिह्नको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्यहरुको पोशाक (ड्रेसकोड) र प्रतीक चिह्न कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोक्ने व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  २१:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement