site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मौद्रिक नीतिबारे उद्योग संगठनका पदाधिकारीले गरे अर्थमन्त्री, गर्भनरसँग छलफल
Sarbottam CementSarbottam Cement

विराटनगर । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा गएको प्रतिनिधिमण्डले अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरसित भेट गरी आउँदो मौद्रिक नीतिमा संगठनको सुझाव प्रस्तुत गरेको छ ।

यस्तै, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकसँगको छलफलमा विद्युत्सँग सम्वन्धित समस्याको दीर्घकालीन समाधानका लागि आग्रह गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको छलफलमा संगठनका अध्यक्ष सुरानाले दीर्घकालीन आर्थिक एवं औद्योगिक विकासका लागि निजी क्षेत्रले अनुमानयोग्य नीतिगत व्यवस्थाको अपेक्षा गरेको बताए ।

उनले आर्थिक विकास, औद्योगिक पूर्वाधार विकासलगायत विषयमा न्यूनतम साझा मापदण्ड लागु गरी निजी क्षेत्रलाई ढुक्क भई लगानी गर्न सक्ने वातावरण तयार आग्रह गरे । उद्योग, व्यवसाय क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याज एकल अंकमा सीमित हुने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

Global Ime bank

अर्थमन्त्री डा. महतले उद्योग, व्यवसाय सञ्चालनका लागि आवश्यक वित्तीय व्यवस्थापन, विद्युत्को उपलब्धता, पूर्वाधार विकासजस्ता कुरा सरकारको प्राथमिकतामा रहेको बताए । निजी क्षेत्रलाई ढुक्क भई लगानी विस्तार गर्न उनले आग्रह गरे । उनले औद्योगिक क्षेत्रको विकास र विस्तारले मात्र मुलुक आत्मनिर्भरोन्मुख हुने भएकाले यस क्षेत्रको प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको बताए ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले संगठनका तर्फबाट प्रस्तुत सुझावअनुसार उद्योग, व्यवसायलाई सहजीकरण गर्ने गरी मुद्राको आपूर्ति र मागको व्यवस्थापन गर्ने नीति लिइने आश्वासन दिए । 

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कोसी प्रदेशका उद्योगहरूले सुक्खायाममा अघोषित लोडसेडिङ, ट्रिपिङ, भोल्टेज फल्क्चुएसनको समस्या भोग्नुपरेको उल्लेख गरे । उनले आउँदो वर्षदेखि सुक्खायाममा विद्युत् उपलब्ध गराउने र भोल्टेज फल्क्च्युएसन तथा ट्रिपिङको समस्या सम्बोधन गर्ने योजना स्पष्ट पार्न आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement