site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय गौरवका आयोजना समयमै नसकाउने ठेकदारलाई कडा कारबाही गर्नुपर्छ : सांसद देवकोटा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् ।

सांसद देवकोटाले समयमै सम्पन्न नगर्ने भए राष्ट्रिय गौरवका आयोजनाको नामकरण नगर्न पनि सरकारलाई सचेत गराइन् ।

उनले राष्ट्रिय गौरवका आयोजनामा चरम भ्रष्टाचार मौलाएको बताइन् । यसलाई नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्नेमा उनले जोड दिइन् ।

“राष्ट्रिय गौरवका आयोजनाहरू अत्यन्तै भ्रष्टाचारले युक्त छन् । चरम बेथितिमा छन् । नेपाल विकासका आधारशीलाको रूपमा रहेको यी आयोजनाहरू समयमै सम्पन्न गर्न सक्ने हो भने कोसेढुंगा सावित हुन्छ । तर, यी आयोजनाहरू हामीले सम्पन्न गर्न सकिरहेका छैनौँ,” उनले भनिन् “राष्ट्रिय गौरवका आयोजनाहरू भन्ने तर समयमा सम्पन्न नगर्ने हो भने राष्ट्रिय गौरवका आयोजनाको नामाकरण नगरौँ भन्ने म निवेदन गर्न चाहन्छु । त्यसैले राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्र्नेलाई पुरस्कार र नसक्नेलाई दण्डको व्यवस्था गर्न सक्यौँ भने निश्चय नै समयमै सम्पन्न हुन्छ भन्ने मलाई लाग्दछ । त्यतातर्फ सरकारको ध्यान जान जरुरी छ भन्ने मलाई लाग्दछ ।”

सांसद देवकाटाले निर्माणाधीन सडक आयोजनाका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरिन् ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro