site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिलालाई 'प्रहरी इन्स्पेक्टर'को म्यासेज– म तिम्रो फिगरको फ्यान हुँ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास तिमिल्सिनामाथि सामाजिक सञ्जालमार्फत आपत्तिजनक मेसेज पठाएको आरोप लागेको छ ।

ट्विटरमा 'अब बोल्ने' ह्यान्डिलबाट सार्वजनिक भएको म्यासेजको स्क्रिनसटमा भनिएको छ, "नेपाल प्रहरीको शक्तिमार्फत कास्की प्रहरी निरीक्षकले महिलामा असुरक्षा सिर्जना गरिरहेका छ ।"

स्क्रिनसटमा राति ११ बजेतिर कुराकानी भएको देखिन्छ । सुवास तिमिल्सिना नामक ह्यान्डल र 'पीडित' महिलाबीच विभिन्न संवाद भएको देखिन्छ । 

"तिमीलाई एउटा कुरा थाहा छ ? म तिम्रो बडी फिगरको ठूलो फ्यान हो," इन्स्पेक्टर सुवास तिमिल्सिनाको भनिएको ह्यान्डिलबाट मेसेज गरिएको छ ।

उनले 'डियर' भनेरे बोलेका छन् । जवाफमा पीडित भनिएकी महिलाले आफूले अहिलेसम्म नभेटेकाले विश्वास गर्न नसिकने बताएकी छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुले घटनाबारे छानबिन गर्न डीएसपीको नेतृत्वमा  समिति गठन गरिएको जानकारी दिए । 

"हामीले छानबिन समिति बनाएका छौँ । अहिले कुनै जानकारी आएको छैन । समितिको सुझाव अनुसार अगाडि बढ्छौँ," उनले बाह्रखरीसँग भने ।

उनका अनुसार तिमिल्सिना जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro