site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नागरिकमा देखिएको निराशाले खतराको घण्टी बजाएको छ : प्रधानमन्त्री 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकमा देखिएको निराशाले देशमा खतराको घण्टी बजाएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित स्व. गिरिजाप्रसाद कोइरालाको शतवार्षिकी समारोहमा उनले नागरिकको निराशा यही रूपमा बढे संघीय लेकतान्त्रिक गणतन्त्रसँगै देशको भविष्य पनि अन्योलमा पर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, आर्थिक क्षेत्र र सामाजिक क्षेत्रमा विकृति बढ्दै जाँदा नागरिकमा राजनीतिप्रति चरम निराशा फैलिएको छ । यो निराशालाई दुरुपयोग गरियो भने अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र मात्र होइन, देशकै भविष्य संकटमा धकेलिन सक्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसैले संविधानको मर्म र भावनाअनुरूप देश अघि बढाउँदै नागकिरको निराशा चिर्न केही गर्नुपर्छ भनेर म प्रधानमन्त्री भएको हुँ । फोटो मात्रै त मैले दुई/दुईपटक झुन्ड्याइसकेको छु ।”

राजनीतिक दलले निराशा बाँड्ने नभई आशा जगाउनुपर्ने भन्दै उनले सबैले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले अरू दलहरूलाई पनि निराशाको समाधानमा जुट्न आह्वान गरे ।

Global Ime bank

नागरिकमा निराशा बढाएर राजनीति सुरक्षित नहुने उनले उल्लेख गरे  । उनले आफ्नो कार्यकालमा विकृति न्यूनीकरण गर्दै नागरिकमा आशा जगाउने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय