site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँ : गगन थापा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने विषय स्थापित गर्नुपर्ने बताएका छन् ।

सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कुनै दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्ने कुरा स्थापित गर्नुपर्ने उनले बताए । विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको र यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरूले लिनुपर्ने उनको भनाइ छ ।

उनले तत्काल संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराए । विद्यालय शिक्षामा आएको संकटलाई सरकारले बुझ्न नसकेको उनले बताए ।

Global Ime bank

“...हाम्रो विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको छ । यो थला परेको छ । यो बिग्रनुमा सबैभन्दा ठूलो दोष हामीले नै लिनुपर्छ । हाम्रो कारणले गर्दा विश्वविद्यालय आज थला परेको छ,” उनले भने, “हाम्रो निर्वाचन प्रणालीको कारणले गर्दा हाम्रो सरकार मिलिजुली बन्छ । हाम्रो सरकार मिलिजुली भएको हुनाले हामी विश्वविद्यालयको नेतृत्व पनि मिलिजुली बनाउनतर्फ लाग्यौँ । हामीले यति धेरै भागबन्डा गर्‍यौँ कि हामीले आजभोलि सहायक क्याम्पस चिफ समेत भागबन्डा गर्छौँ । अब कन्ट्रोलर विश्वविद्यालयको हुँदैन, राजनीतिक दलको हुन्छ । उपकुलपति, शिक्षाध्यक्ष अहिले विश्वविद्यालयको हुँदैन, राजनीतिक दलको हो । राजनीतिक दलको भागमा पर्दैपर्दै जाँदै गर्दा विश्वविद्यालयलाई हामीले झनै तल लिएर गयौँ । सेवा आयोगले लिएका परीक्षाका सन्दर्भमा समेत प्रश्न उठेका छन् ।

उनले अगाडि भने, “...हाम्रा प्राध्यापक, कर्मचारी, विद्यार्थीहरू राजनीतिक रूपमा सचेत छन् । त्यहाँ प्रतिस्पर्धा हुन्छ । त्यहाँ सबै हुन्छ । तर, दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य गर्नैपर्छ । होइन भने यो पापले हामीलाई यति थिच्छ, हामीले मुक्ति पाउँदैनौँ ।” 

महामन्त्री थापाले सरकारले बजेटमार्फत विद्यालय पूर्वाधारमा छुट्ट्याएको रकम कम भएको उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय