site stats
बाह्रखरी :: Baahrakhari
खेल
अकल्यान्डको पोस्टमा बायर्नको १० गोल

काठमाडौं । फिफा क्लब विश्वकपमा सानदार सुरुआत गर्ने क्रममा जर्मन क्लब बायर्न म्युनिखले न्युजिल्यान्डको टोली अकल्यान्ड सिटीविरुद्ध १०–० को जित निकालेको छ ।

आइतबार बायर्नलाई जित दिलाउन जमल मुसियालाले ह्याट्रिक गरे । थोमस मुलर, माइकल ओलिस र किंग्सले कोमनले समान दुई गोल थपे । साचा बोइले एक गोल गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बायर्नले खेलको पहिलो हाफमा ६ गोल गरेको थियो । दोस्रो हाफमा चार गोल थपेको हो । बायर्नले कुल ३१ प्रहार गरेको थियो । १७ प्रहार ‘टार्गेट’मा राखेको थियो । 

प्रतियोगितामा बायर्न समूह ‘सी’मा छ । यो समूहमा बायर्न र अकल्यान्ड सिटीसँगै पोर्चुगिच क्लब बेन्फिका र अर्जेन्टिनाको बोका जुनियर्स छन् ।

जितसँगै तीन अंक जोडेको बायर्न समूहको शीर्ष स्थानमा छ । पहिलो खेलमा पराजित अकल्यान्ड पुछारमा छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्