site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बीआरआईमा चीनको चासो, व्यापारिक नाका खोल्न सकारात्मक : गृहमन्त्री श्रेष्ठ
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनको पाँचदिने भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फकिएका छन् । उनी चीनको पाँचदिने भ्रमण सकेर आइतबार स्वदेश र्फकिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले चीन भ्रमण फलदायी भएको बताए । भ्रमणका क्रममा चीनका उपप्रधानमन्त्री ह लि फङसँग द्विपक्षीय भेटवार्ता भएको र दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल भएको र चीन सरकात्मक रहेको श्रेष्ठले बताए । चीनबाट नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको उनले बताए ।

व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको श्रेष्ठले बताए । चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको उनको भनाइ छ । 

Global Ime bank

नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले कार्यन्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुङ्गो लगाउने श्रेष्ठले बताए । नेपाल चीनसँग भएको बीआरआई सम्झौताले लाभान्वित हुने विश्वास लिएको पनि उनले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिएको जानकारी गराए । सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु–काठमाडौं रूटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान सुरू गर्न आग्रह गरेको उनले बताए ।

“सिचुवान एयरलाइन्ससँग पनि राम्रो कुराकानी भएको छ । छेन्दु–काठमाडौंको उडानलाई हप्ताको सातैदिन नियमित उडान गर्न अनुरोध गरेका छौँ,” उनले भने, “ उहाँहरुले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । छेन्दु–पोखरा–भैरहवा कमर्सियल उडानको निम्ति अगाडि बढ्न अनुरोध गरेका छौँ । त्यसमा पोखरामा बढी सोचेको प्रतिक्रिया दिनुभएको छ ।”

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधवार चीन भ्रमणमा गएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement