site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लामिटारमा भेटियो ३३ केजीको अजिंगर

मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका–३ स्थित लामिटार सामुदायिक वनमा शनिबार करिब ३३ केजीको अजिंगर फेलापरेको छ ।

अजिंगरले हाँडीखोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका छन् । “अजिंगरले बोका मारेको जानकारी पाएपछि अजिंगरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौँ,” स्थानीय श्यामबहादुर राईले भने ।

Dabur Nepal
NIC Asia

लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाले अजिंगर नियन्त्रणमा लिएका थिए ।

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जंगलमा अजिंगर देखापरेको हो । केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिंगरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो ।

पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको लामिटार सेक्टर पोस्टका रेन्जर विष्णु पौडेलले साढे ३२ केजीको उक्त अजिंगरसहित अघिल्लो दिन भेटिएको अजिंगरलाई पनि निकुञ्जको ‘कोर एरिया’मा छाडिएको जानकारी दिए ।

“अजिंगर स्थानीयले नियन्त्रणमा लिएका रहेछन् । त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छोडेका छौँ,” पौडेलले भने । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  २२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro