site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दलहरूमा लोकतन्त्रको कमी : अग्नि सापकोटा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरूमा लोकतन्त्रको कमी भएको बताएका छन् । ६५औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अहिले पार्टीभित्र बिचौलिया, माफिया मात्र नभई एकार्कालाई आरोप लगाएर मूल्य–मान्यता र आदर्शमाथि नै प्रहार भइरहेको उनले उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

लोकतन्त्र बलियो बनाउका लागि नेपालका राजनीतिक दलहरू प्रतिबद्ध हुन नसकेको उनको भनाइ छ ।

“कमिसन, अहिले बिचौलिया, माफियाहरूको मात्रै होइन, पार्टीभित्र पनि एकार्कालाई आरोप लगाएर के हो त्यो पार्टीको मूल्य मान्यता, आदर्श ? हामी कतातिर गइरहेका छौँ ? अहिले पार्टीभित्र केही कुराको कमी छ भने, हाम्रो राजनीतिक जीवनका हरेक क्षेत्रमा केही कुराको कमी छ भने त्यो लोकतन्त्रको कमी छ,” उनले भने, “लोकतन्त्र भनेको कुनै प्रवचनको विषय होइन । लोकतन्त्र भनेको कुनै भाषणको विषय होइन । लोकतन्त्र भनेको जीवन व्यवहार हो, नयाँ सभ्यता र संस्कृति हो । लोकतन्त्र भनेको हामीलाई अघि बढाउने महान् सिद्धान्त हो । त्यसका लागि पार्टीहरू प्रतिबद्ध भएको मैले देखिनँ ।” 

Global Ime bank

पूर्वसभामुख सापकोटाले कुनै पनि लाभका लागि सिद्धान्तको बलि चढाउनु निर्लज्जताको कुरा भएको बताए । पछिल्लो समय राजनीतिक सिद्धान्तमा पनि विचलन भइरहेको उनको बुझाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement