site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बाहिरको आदेशबाट प्रशासन चलेको छ : ढुंगाना
फाइल तस्बिर ।

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संसद्ले बनाएको कानुनभन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताएका छन् । ६५औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संसद्ले बनाएको कानुनबाट प्रशासन नचलेको र संसद्ले यसबारेमा ध्यान दिन नसकेको उनले उल्लेख गरे । उनले राजनीतिक पार्टीहरू सत्ताको स्वार्थमा डुबिरहेको पनि बताए ।

Dabur Nepal
NIC Asia

संसद्ले बनाएका कानुन प्रशासनले नमान्नु यसको अपमान भएको उनको भनाइ छ । “कानुन किन बनाउनुपर्ने जनप्रतिनिधिले, सार्वभौम जनप्रतिनिधिले भने, त्योभन्दा बाहेकको कुनै कारबाही नहोस्, प्रत्यायोजित, निर्देशिका, ऐन, कानुन, नियमावली, आदेश केही पनि संसद्ले बनाएको विधेयकभन्दा टाढा नहोस्, त्योसँग नबाझिने होस् भनेर । तर, अहिले म सुन्दै छु– संसद्ले एउटा काननु बनाउँछ, तर अरूअरूकै आदेशबाट प्रशासन चलिरहेको छ,” उनले भने, “त्यो हेर्ने को हो ? तपाईंहरू, संसद्ले हेर्ने होइन ? ल, हाम्रा पार्टीलाई त सत्तामै फुर्सद भएन, हुनेलाई कसरी मेरो सत्ता बचाऊँ, नहुनेलाई सत्तामा जान हतारो, त्यो मात्रै छ । हाम्रो देशको राजनीतिमा अब त प्रदेशमा पनि सरिसक्यो । हामीले बनाएको कानुनलाई छल्ने गरी प्रशासनले जुनजुन आदेश गरेको छ, त्यो संसद्को अपमान हो । त्यो हेर्ने को ? हेरिरहनुभएको छ तपाईंहरूले ? त्यो हेर्नुपर्छ । संसद्को कामै छैन, त्यो हेरिँदैन भने । संसद्को इच्छाबेगरको कुरा कुनै ऐन, कानुनबाट हुँदैन । त्यही भएर संसद्ले नै कानुन बनाउनुपरेको हो । यहाँ प्रशासनले जे पनि गरिरहेको छ ।”

पूर्वसभामुख ढुंगानाले संसद् प्रभावकारी बनाउनका लागि, भ्रष्टाचार घटाउन र सरकारलाई प्रभाकारी बनाउनका लागि काम गर्न जरुरी रहेको बताए । उनले नेपालमा संविधान फाल्ने र अर्को व्यवस्था ल्याउनेतिर धेरै सोच्न जरुरी नरहेकामा जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro