site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस बदल्न महामन्त्री पद त्याग गर्न तयार छु : गगन थापा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागिपरेको बताएका छन् ।

एउटै व्यक्ति पाँच/छपटक प्रधानमन्त्री बन्ने विषयले कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)जस्ता पुराना पार्टीहरूमा एकसाथ संकट देखिएको उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शनिबार काठमाडौंमा कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको एक कार्यक्रममा उनले डेमोक्रेसीमा एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री हुने अरू कुनै देश नभएको जिकिर गरे ।

कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको उनले घोषणा गरे । दाग लागेको पार्टीको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनले उल्लेख गरे ।

महामन्त्री थापाले कांग्रेस बदलिए मात्र देश बदलिने बताए । कांग्रेस बदल्ने अभियानमा जुटन पार्टीका नेता–कार्यकर्तालाई आग्रह पनि गरे ।

“...कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ, हेर्नोस् । यो देश बदल्नैपर्छ । बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ । तर, कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ । म बदलिन तयार छु,” उनले भने, “म बदलिन तयार छु भनेको मैले पटक–पटक भनेको छु– दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ । त्यो बदलिन म तयार हो । सबै तयार हुनुपर्छ ।”

कांग्रेस सकियो भनेर नआत्तिन पनि सिंगो पार्टीपंक्तिलाई आह्वान गर्दै उनले आफू बदलिएर देश बदल्ने अभियानमा जुटनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्