site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सात वर्षपछि टुंगो लाग्यो काठेखोला गाउँपालिकाको केन्द्र विवाद
Dabur Nepal
NIC Asia

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुंगो लागेको छ । उक्त विवादका कारण अहिलेसम्म कार्यालय भवन निर्माण हुन सकेको थिएन । 

६ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि सहमति हुन सकेको थिएन । यसपटक भने कार्यपालिकाको बैठकले वडा नं. ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको छ । वडा नं. १, २, ३ र ४ ले अक्षते तथा वडा नं. ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्दै आएका थिए ।

गाउँपालिकाले अहिले पालिकास्तरीय अस्पताल, प्रहरी चौकी अक्षते र बहुउद्देश्य सभाहल तथा आयुर्वेदिक अस्पताल सुलडाँडामा बनाउने सहमति भएपछि सामबोटमा प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता टीका संगम विकको भनाइ छ । सामबोटमा भवन बनाउनका लागि कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारितसमेत गरेको छ । भवन निर्माणका लागि आगामी आर्थिक वर्ष २०८०/८१ मा रु एक करोड रकम विनियोजन गरिएको छ । रासस
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro