site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मत विभाजन गर्न कोसी प्रदेशसभा बैठक सुरु,  मुख्यमन्त्रीले दिए जवाफ
फाइल तस्बिर
Siddhartha BankSiddhartha Bank

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि सदनमा उठेका जिज्ञासाको जवाफ दिएका छन् ।
 
मुख्यमन्त्री कार्कीले विश्वासको मतको विषयमा उठेको प्रश्न तथा जिज्ञासामा जवाफ दिएका छन् ।‌ पुस २४ गते नियुक्त भएका उनले २५ गते पदभार ग्रहण गरेका थिए । 

नेकपा (माओवादी केन्द्र)ले जेठ २३ गते र जनता समाजवादी पार्टी (जसपा)ले त्यसअघि समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परेका थिए । 

Agni Group
NIC Asia

नेकपा एमाले संविधानको अक्षरस पालना गर्न प्रतिवद्ध रहेको बताउँदै कानुनी राज्य र जनताको सर्वोच्चताको पक्षमा रहेको उनले बताए । उनले भने, “म जवाफ दिन तयार थिएँ । तर, सभामुखज्यूसँग समय मागेको तर त्यस विषयमा भ्रम सिर्जना गरिनु दुःखद् हो ।” 

उनले सरकारले कोसीमा आएको बाढी र पहिरो पीडितको उद्धार तथा राहत वितरण गरिएको जानकारी दिए । पीडामा परेकाहरुसम्म पुगेको भन्दै उनले विपद् व्यवस्थापनमा सरकार नचुकेको दाबी गरे । 

Global Ime bank

निर्वाचन प्रणालीका कारण कुनै पनि दलको वहुमत आउन नसक्ने अवस्था सिर्जना भएको बताउँदै कार्कीले वैकल्पिक सरकार बन्ने अवस्था नरहेको दाबी गरे । “प्रदेश संरचनालाई जनताले महसुस गर्न सक्ने बनाउने प्रयास गरेका छौँ,” कार्कीले भने, “प्रदेशलाई अस्थिरता दिने काम कसले गरिरहेको छ ? । नामकरणको विषयमा उठेको प्रश्न संवोधन गर्न सरकारले वार्ता समिति बनाएर छलफलका लागि पहल लिइएको छ । वार्ताका माध्यमबाट समस्या समाधान गर्न म प्रतिबद्धता व्यक्त गर्छु ।”

अहिले एमालेसँग ४० र राप्रपासँग ६ मत छ । कांग्रेस २९, माओवादी १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन् । बहुमत पुर्‍याउन ४७ मत चाहिन्छ ।

आजको बैठकमा जसपाकी सांसद निर्मला लिम्बू अनुपस्थित छिन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu