site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । हिजो नै विश्वासको मत लिने तयारी गरिए पनि अबेर रातिसम्म पनि सम्भव नभएपछि आजका लागि बैठक बोलाइएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

नेकपा एमालेबाट सरकारको नेतृत्व गरिरहेका कार्कीलाई नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकार अल्पमतमा परेपछि राजीनामा दिनु पर्ने वा पुनः विश्वासको मत लिनुपर्ने अवस्था छ । यी दुई विकल्पमध्ये कार्की विश्वासको मत लिने पक्षमा छन् । तर, आफ्नो पक्षमा स्पष्ट बहुमत आउने निश्चित नहुँदासम्म उनी मत विभाजन प्रक्रिया अगाडि बढाउने पक्षमा देखिएका छैनन् । जसका कारण बिहीबार यो प्रक्रिया अगाडि बढ्न सकेन ।
 
कोसी प्रदेश सरकारमा विश्वासको मत प्राप्त गर्न ४७ मत आवश्यक छ । 

कोसी प्रदेशमा एमालेका ४०, राप्रपाका ६, कांग्रेसका २९, माओवादी केन्द्र १३, नेकपा (एकीकृत समाजवादी) ४ र जसपा १ सांसद छन् । यसमध्ये सभामुख माओवादीबाट छन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय