देश
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो नियमित सुधार प्रक्रियाका लागि तीन घण्टा सेवा अवरुद्ध हुने जनाएको छ ।
शुक्रबार (असार १५) बिहान १ः०० बजेदेखि ४ः०० बजेसम्म केही प्राविधिक कार्य गर्ने तालिका रहेकाले सेवा अवरुद्ध हुने जनाएको हो ।
सो अवधिमा ब्यालेन्स रिचार्ज, प्रोडक्ट सब्सक्रिप्सन, एनसेल पसल एप, एनसेल एप, वेबसाइट, च्याटबट र यूएसएसडीमार्फत प्रदान सेवाहरू अवरुद्ध रहनेछ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० २३:०१
प्रतिक्रिया दिनुहोस्