site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन : योगेश भट्टराई
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले निषेधकारी र हिंसात्मक तरिका आफूहरूलाई मान्य नभएको बताएका छन् ।

बिहीबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा जाने क्रममा इलामबजारमा पहिचानवादीले कालो झन्डा देखाएर अवरोध गरेपछि भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोसी प्रदेशको समस्या हल नहुने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“...हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन,” उनले फेसबुकमा लेखेका छन्, “एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोसी प्रदेशको समस्या हल हुँदैन ।”

उनले एमाले वार्ता र संवादका लागि तयार रहेको समेत बताएका छन् ।  

Global Ime bank

“मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वयम् वहाँहरूका लागि पनि लज्जाको विषय हो ,” भट्टराईले लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement