site stats
बाह्रखरी :: Baahrakhari
देश
दादुरा देखिए के गर्ने ?
प्रतीकात्मक तस्बिर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका धेरै स्थानमा दादुरा देखिएको भन्दै यसबाट बच्न सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले दैनिक बुलेटिनमार्फत दादुराबाट बच्न सचेत रहन आग्रह गरेको हो । 

दादुरा रोगको विरामी पत्ता लागेमा शंकास्पद विरामीहरूमा दादुराको लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।

Argakhachi Cement Island Ad

“महामारी फैलन नदिन शंकास्पद विरामीहरूलाई आइसोलेसनमा राख्नुपर्छ । हाच्छिउँ गर्दा, खोक्दा नाक र मुख सफा रुमालले छोप्नुपर्छ,” मन्त्रालयले भनेको छ, “व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्छ । बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुनुपर्छ ।”

संक्रमित व्यक्तिलाई भिडभाड भएका सार्वजनिक ठाउँ नलैजान आग्रह गरेको मन्त्रालयले घर भित्र हावा ओहोरदोहोर हुने सफा र घाम लाग्ने कोठामा राख्न भनेको छ । 

“संक्रमित बालबालिकालाई स्याहार गर्ने व्यक्तिले मास्क लगाइरहनु पर्नेमा जोड दिएको मन्त्रालयले दादुरा संक्रमित बालबालिकालाई साविकभन्दा बढी पोषिलो खानेकुरा खुवाउनुपर्छ,” मन्त्रालयको बुलेटिनमा उल्लेख छ, “दादुरा भएका प्रत्येक बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाहअनुसार भिटामिन ‘ए’ खुवाउनु पर्छ ।” 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्